प्रवास

भारतमा रहेका प्रवासी नेपालीहरुले गरे विरोध

नयाँ दिल्ली । सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

भारतको दबाबमा तराई र पहाड विभाजन गर्ने गरी संशोधन प्रस्ताव गरेको भन्दै राष्ट्रिय जनमोर्चा, एमाले, मालेलगायतले गरेको विरोधलाई समर्थस्वरुप संघर्षरत नेपाली जनताको समर्थनमा ऐकवद्धता जनाएको बताएका छन् ।

विभिन्न राजनीतिक दलका भारमा रहेका भातृसंगठनले भारतीय हस्तक्षेपको दबाबमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाए । भारतको जन्तरमन्तरमा भेला भएका एक हजार बढी नेपालीले जुलुस निकालेका थिए। सोमबारको कान्तिपुर र अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।