समाचार

पश्चिमान्चल विकास मंचको सम्मान कार्यक्रम सम्पन्न

सुर्यखबर,
काठमाण्डौ । धवलागिरी, गण्डकी र लुम्बिनीअंचलअन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमान्चल विकास मंचले  सम्मान कार्यक्रम  सम्पन्न गरेको छ ।

देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाएवं सुरक्षानिकाय र ब्यापार–व्यवसायमार्फत लामोसमयदेखि देशको सेवामा योगदान पु¥याउनु भएका र पु¥याउँदै आउनु भएका व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि र मंचका अध्यक्षले प्रमाण –पत्र सहित दोसल्लाओडाएर सम्मान प्रकटगर्नुभएको थियो । नेपाल सरकारका रक्षामन्त्रीबालकृष्ण खाण र मन्त्रीद्वय हितराम पाण्डे र शंकर भण्डारीले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधनगर्दै कार्यक्रमका प्रमुखअतिथी एवं सर्वोच्चअदालतका सम्माननीयपूर्व प्रधान्याधीश श्री कल्याण श्रेष्ठज्यूले समाजका लब्धप्रतिष्ठित र स्वनामधन्य व्यक्तित्वहरुलाई एकै ठाउँमा जम्मागर्न पश्चिमान्चल विकास मंच सफल भएको र यो पुँजीलाई राष्ट्र विकासको मूलधारमा लगाउन प्रेरणा मिलोस् भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
मंचका अध्यक्ष श्री ढकालले मंचका शुभचिन्तक एवं नेपाल सरकारका पुर्व मुख्य सचिव तथा पुर्व परराष्ट्र एवं गृहमन्त्री माधव घिमिरेको दुःखद मोटर दुर्घटनाले आफु र संस्थालाई मर्माहत बनाएको भन्दै दुःख व्यक्त गर्नुभएको थियो ।
वि.स. २०६२ मा स्थापना भएको पश्चिमान्चल विकास मंचमा अहिले आजीवन र साधारण गरी २३१ सदस्य आवद्ध हुनुहुन्छ ।गएको असारमा सम्पन्न मंचको नबौं अधिवेशनबाट श्री चन्द्र प्रसाद ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।