आर्थिक

शिवम् सिमेन्टद्वारा निःशुल्क परामर्श तथा जनचेतनाका लागिे भ्यान सेवा सुरुवात

कृष्ण आचार्य

काठमाण्डौ । नेपालकै अग्रणी सिमेन्ट उत्पादक दाबी गर्ने शिवम् सिमेन्टले निशुल्क रुपमा टेक्निकल भ्यान सेवा शुरु गरेको छ । कम्पनीले शिवम् ब्राण्डको ओ. पि. सि.सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आइरहेकोमा आफ्ना समस्त ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी सोको रिर्पोटको सेवा समेत उपलब्ध गराई निर्माण कार्यमा सहयोग पुर्याउने उद्येश्यले प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरिएको जनाएको छ ।

उक्त प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्ष भन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु रहेका छन् ।
यस प्राविधिक टिमले सिमेन्टका ग्राहक वर्ग एवं आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल फ्रि नं.मा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माणस्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउने छ । उक्त प्राविधिक टिमलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न Compressive Strength Testing Machine जडित Technical Van को निःशुल्क सेवा आजैबाट शुभारम्भ गरिएको छ ।
शिवम सिमेन्टका प्रयोगकर्ता तमाम उपभोक्ता, ग्राहकवर्गहरुलाई उहाँहरुकै निर्मास्थलमा पुगि निर्माण सामाग्रीहरुको गुणस्तरको विषयमा जानकारी गराई उच्च गुणस्तरको, भरपर्दाे र वलियो घर, भवन, पुल, सडक, टनेल, नहर लगायतका संरचनाहरुको निर्माणमा शिक्षा दिई ज्ञान अभिवृद्धि गराई जागरुक रहन अभिप्रेरित गर्दै देश निर्माणमा सहयोग गर्ने अभियान संचालन गर्न शिवम सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै यस किसिमको प्राविधिक सेवा नेपाल मै पहिलो पटक शुरुवात गर्ने कम्पनीको रुपमा सावित भएको छ ।