राजनीति

पूर्बउपप्रधानमन्त्री केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ ।

बुधबार माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा परेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए।

उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा. अमित थापाको समूह उनको उपचारमा संलग्न छ । रासस