खेलकुद

मेस्सीको गोलसँगै बार्सिलोनाको जित

एजेन्सी– बुधबार राती भएको फुटबल खेलमा सेल्टिकलाई पराजित गर्दै बार्सिलोनाले जित हासिल गरेको छ । बार्सिलोनाले सेल्टिकलाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाले यो जितसँगै समूह विजेताका रुपमा नक आउट चरणमा आफ्नो स्थान पक्का गरेको छ ।

खेलमा बार्सिलोनाले २४ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । सेल्टिकको घरेलु मैदानमा भएको सो खेलको पहिलो हाफको अन्ततिर बार्सिलोनाका लुइस स्वरेजको हेड गोल प्रयास सेल्टिकका गोल रक्षकले रोकेका थिए ।

त्यसपछि दोश्रो हाफको ५५ औं मिनेटमा मेस्सीले गोल गरेका थिए । जितसँगै बार्सिलोना ५ खेलबाट १२ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।