पु.समाचार

यसरी पो लिँदा रहेछन् गोप्य रुपमा भारतीयहरुले नेपाली नागरिकता

लाहान – असोज दोस्रो साता इलाका प्रहरी कार्यालय लहान ५ मा कुटाकुट भयो। कुटपिट गर्ने लहान ५ का ज्याउल रहमानमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाए । मुद्दाको फाइलसहित अरोपित रहकानलाई बयानका लागि सरकारी कार्यालय सिरहा लगियो । तर, लहान ५ स्थायी निवासी रहमानले आफू भारतीय नागरिक भएको बयान दिए ।

सार्वजनिक अपराधसँगै प्रहरीले रहमानको नागरिकताबारे बुझ्यो । अनुसन्धानमा देखियो– नामः मोहमनद ज्याउल रहमान, पिताको नाम दोस्त मोहमद, नागरिकता नम्बर १५३००५/२०१ लाहन ५ सिरहा । नागरिकता जारी गर्ने टोली प्रमुख थिए शिवराम यादव । रहमानले ०६३ चैत २९ मा लहान ५ मा खटिएको नागरिकता टोलीबाट जन्मसिद्ध नागरिकता प्रमाणपत्र लिएका थिए ।

यो त एक प्रतिनिधि उदाहरण मात्र हो । भारतमा अपराध गरेर नेपाल आई नेपाली नातेदार मार्फत उनीहरुले नागरिकता लिने गरेका छन् ।
गृह मन्त्रालयका अनुसार ०५५ यता गैरकानुनी रुपमा गैरनेपालीले लिएको नागरिकता रद्द गरिएका मध्ये ९५ प्रतिशत भारतीय छन् ।

नागरिकता वितरणमा कडाइ, सिफरिस गर्ने हकमा राजनीतिक इमानदारिता नभएसम्म नवनागरिककको वर्चश्व समाजमा बढ्दै जाने प्राध्यापक चक्रपाणि खनालले बताए । अधिकारकर्मी विनोद कुमार बिसुन्ख मधेसका दलित, जनजाति, चमार, डोम, मुसहर लगायत हजारौले अझै नागरिकता पाउन नसकेको तर ज्याई–भान्जाको नाममा नवनागरिक बढिरहेको चिन्ता व्यक्त गरे । मंगलबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।