प्रवास

साउदीमा २८ नेपाली अलपत्र

काठमाडौं । साउदी अरबको एक निर्माण कम्पनीमा रोजगारीका लागि गएका २८ जना नेपाली अलपत्र परेका छन् । चार महिनाअघि साउदी अरब गएका ती यसवाले समझौताअनुसार काम नपाएको, तोकिएअनुसार तलब नपाएको र कम्पनीले बन्धक बनाएको रोखेको दुखेसो गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका १४ चेतनानगरका ३० वर्षीय वेदप्रसाद फुँयालले कम्पनीले सम्झौताअनुसार काम नदिएको इलेक्ट्रिकल काममा भनेकामा इँटा बोक्ने, जग खन्ने, भारी बोक्नेलगायतका जोखिमपूर्ण काममा लगाएको गुनासो गरेका छन् ।

नेपाल फर्कन कम्पनीसँग अनुरोध गर्दा १० हजार रियाल जरिवाना मागेको उनले टेलिफोनमा बताए । साउदी अरब पुगेपछि आफूहरुसँग रहेका सबै कागजपत्र कम्पनीले राखेको, स्वास्थ्य परीक्षण तथा अस्थायी बसोबासको काजगपत्रसमेत नबनाइदिएको पीडितहरुको भनाइ छ । बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।