विचार/ब्लग

अमेरिकामा भर्खरै निर्वाचित डोनाल्ड ट्रम्पबारे खतरनाक भविष्यवाणी भएको खुलासा, के हुँदैछ अमेरिकामा ?

एजेन्सी– भर्खरै अमेरिकामा राष्ट्रपति पदमा निर्वाचित डोनल्ड ट्रम्प र उनको शासनकालका बारेमा अनौठो भविष्यवाणी गरिएको छ । बुल्गेरियाकी विश्वविख्यात ज्योतिष (भविष्यवक्ता) बाबा बेन्गाले अमेरिकामा सन् २०१७ बाट सुरु हुन लागेको डोनाल्ड ट्रम्पको शासनकाल निकै भयावह हुने भवियवाणी गरेकी हुन् ।

ज्योतिष बेन्गाले केही वर्ष अघि भनेकी थिइन् , ‘अमेरिकामा ट्रम्प जस्तै मनिस आउन सक्छन्, उनको शासनकाल निकै भयावह र त्रासदीपूर्ण हुनेछ ।’ बेन्गाले ट्रम्प र उनको शासनकालबारे धेरै टिम्पणी गरेकी  थिइनन्, मात्र ट्रम्पको शासनकाल भयावह हुनसक्नेतर्फ मात्र संकेत गरेकी थिइन् । उनको शासनकालमा अमेरिकामा ठूलो संकट आउँदै गरेको संकेत उनले गरेको धेरैको आंकलन छ । बाबा बेन्गा विश्वभर स्थापित ज्योतिष भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनले यसअघि गरेका थुप्रै भविष्यवाणीहरु मिलेको बताइएको छ ।

अमेरिका र फ्रान्समा भएका आतंकवादी हमलादेखि सन् २००१ मा अमेरिकामै भएको वल्ड ट्रेड सेन्टरमाथिको हमलाका विषयमा समेत उनले संकेत दिएको विश्वास गरिन्छ । सन् २००४ मा आएको विशाल सुनामीका बारेमा पनि उनले बोलेको बताइन्छ । बाबा बेन्गाले सन् २०१६ मा यूरोप मुस्लिम कट्टरपन्थीहरुको आक्रमणबाट थिलथिलो हुने समेत बताएको भन्दै सञ्चारमाध्यामहरुले समाचार लेखेका छन् ।

उनले सन् २०१० मा मध्यपूर्वमा संघर्ष सुरु हुनेदेखि अमेरिकामा ४४ औं राष्ट्रपतिको रुपमा अफ्रिकी अमेरिकी मुलका अश्वेत व्यक्ति आउने दाबी समेत गरेकी थिइन् । बाबा बेन्गाले ५० वर्षमा करिब एक सयवटा मात्र भविष्यवाणी गरेको जनाइएको, जसका अधिकांश भविष्यवाणीहरु मिलेको जनाइएको छ । केही वर्षअघि उनले एक वाक्य मात्र बोलेकी थिइन्, ‘अमेरिकामा भयावह हुनेछ’ । भारतीय न्युज २४ ले समाचार प्रकाशित गरेको छ ।