राजनीति

तरुण दलको अधिवेसनआजबाट शुरु, केन्द्रीय पदाधिकारीमा देउवा,पौडेल र सिटौलाबीच नयाँ सहमति !

पोखरा । नेपाली कांग्रेसको प्रभावशाली भातृसंगठन नेपाल तरुण दलको चौथो महाधिवेशन पोखरामा सुरु भएको छ । महाधिवेशनकै पूर्वसन्ध्यामा समेत विवाद देखिएको उक्त संगठनको आन्तारिक विवाद केही हल भएपछि चौथो महाधिवेशन सुरु हुन लागेको हो ।

श्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षबीच संगठनका पदाधिकारीमा भागबन्डा मिलेको छ । पार्टी सभापति देउवा पक्षको भागमा अध्यक्ष, उपसभापति पौडेलको भागमा महामन्त्री र सिटौला पक्षले कोषाध्यक्ष पाउने गरी भागबन्डा मिलाईएको श्रोतले बताएको छ । नेबिसँघको अध्यक्षका समेत प्रत्यासी रहेका जीतजगं बस्नेतको नाममा तरुण दलको अध्यक्षमा  सहमती भएको बुझिएको छ । महामन्त्री र कोषाध्यक्ष पौडेल र सिटौलाले पठाएपछि टुँगो लाग्ने स्रोत बताउछ ।

पर्यटकीय नगरी पोखराका होटहलहरु देशभरका महाधिवेसनप्रतिनिधि, पार्षद लगायत काँग्रेस नेता कार्यकताहरुले भरिभराउ भएको छ, उक्त नगरीमा अध्यक्ष, महामन्त्री लगायतको  तरुण दलको नेतृत्व हडप्न एक् दर्जन भन्दा बढी तरुणदलका नेताहरु लागी परेका छन् । अब नेतृत्व कसले हड्प्ने हो त्यो त केहि दिनपछिको परिणामले देखाउला । महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । २९ गतेसम्म चल्ने सो महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

यद्यपि,११ जिल्लाको विवादका विषयमा भने छलफल भैरहेको बताइएको छ ।