समाचार

सर्वोच्च अदालतले लोकमानलाई माग्यो!

काठमाडौं/ न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई लिखीत जवाफसहित सर्वोच्च अदालतमा आउन बाध्य बनाएको छ ।
यहि महिनाको अन्तसम्ममा अदालतमा उपस्थितहुन भनिएका उनिसहित उनका ज्वाइँ प्रवल थापा, पूर्वकानुन सचिव एवं कार्कीका नातेदार प्रमोद कार्की र नेपाल प्रहरीका सई नकुलराज गौतमले कार्कीको योग्यता सम्वन्धी मुद्दामा पुनरावलोकनको फैसलापछि म्याद तामेलीमा बाधा पुराएका थिए ।
स्मरण रहोस् आफूलाई स्वत: मूद्दा लाग्नबाट जोगाउनकालागी भएपनि अदालत जानुपर्ने कार्कीले यसअघि तारेख बुझ्न आउनु भन्ने सर्वोच्चको आदेश समेत ठाडै नकारिरहेका छन् ।