पु.समाचार

माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएर २ जनाको मृत्यु

नवलपरासी । जिल्लाको पूर्व–पश्चिम राजमार्गमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
आइतबार बेलुका सो सडक खण्डको सुनवल–५ मा ना ४ ख ७८२४ नम्बरको माइक्रोबसले ना २९ प २३८ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा नवलपरासी मध्यविन्दु–७ चोरमाराका ४७ वर्षका परशुराम ढकाल र ३५ वर्षका वैकुण्ठ अर्यालको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा ज्यान गएको बताइएको छ ।