खेलकुद

इंग्लिस प्रिमियर लिगमा चेल्सीको सहज जित

एजेन्सी–आइतबार राती भएको इंग्लिस प्रिमियर लिग फुटबल खेलमा चेल्सीले सहज जित हासिल गरेको छ । चेल्सीले साउथ ह्याम्पटनमाथि २–० गोलले सहज जित हासिल गरेको हो ।

खेलको छैटौ मिनेटमा नै इजेड हजार्डको गोलबाट अग्रता लिएको चेल्सीले साउथ ह्याम्पटनलाई उसकै घरेलु मैदानमा हराउन सफल भएको थियो । साउथ ह्याम्पटनको खेलमा फर्कने प्रयास असफल भैरहेका बेला दोश्रो हाफको ५५ औं मिनेटमा डिएगो कोष्टाले चेल्सीलाई अग्रता दिलाएका थिए ।

जितसँगै चेल्सीको १० खेलबाट २२ अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीसँगै दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको लिभरपुलको पनि समान २३ अंक नै रहेको छ ।