मनोरञ्जन

कान्छो पत्रकार दाबी गर्ने आचार्य प्रधानमन्त्रीसँग बाङ्गो कुरा गर्दै

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । नेपालका सबैभन्दा कान्छो पत्रकारको सम्मान पाइसकेका सुजन आचार्यले बाङ्गो कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सञ्चालन गर्न सुरु गरेका छन् । नक्कली प्रचण्ड बनेर अभिनय गर्दै आएका कलाकार घनश्याम गौतमसँग मिलेर सुजनले कमेडी बहस सुरु गरेका हुन् । सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको नक्कल गर्दै बाङ्गो कुरा प्रधानमन्त्रीसँग नाम राखेर उनीहरुले कमेडी गर्ने प्रयास गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग जोडीएका जल्दोबल्दो विषयवस्तुमा व्यंग्य गर्ने हिसाबले युट्युबमा कार्यक्रम सुरु गरिएको सुजनले बताएका छन् । कार्यक्रम हरेक साता युट्युबमार्फत सार्वजनिक गर्ने र दर्शकको रुची भएको खण्डमा टेलिभिजनबाट समेत प्रसारण गर्ने उनीहरुको लक्ष्य छ । कार्यक्रमको पहिलो भागमा प्रधानमन्त्री पुष्पकमल दाहालले दशैंमा टिका नलगाएको, लोकमान काण्डबारे व्यंग्य गरिएको छ ।