समाचार

नेपालीहरुको लागि खुसीको खबर, भारत र चीन दुवै राष्ट्रलाई पछि पार्यो नेपालले !

काठमाण्डौ । दक्षिण एसियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश नेपाल बन्न पुगेको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एशियाका अन्य राष्ट्रलाई पछि पार्दै पहिलो नम्बरमा आउन सफल भएको हो ।

विश्वका ११३ देशको सूचीमा नेपाल ६३ औं स्थानमा परेको छ । नेपालभन्दा भारत ३ नम्बर पछाडि अर्थात ६६ औँ स्थानमा रहेको छ ।

asia-1
विश्वमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश डेनमार्क बनेको छ । दोश्रोमा नर्बे, तेश्रोमा फिनल्याण्ड, चौथोँमा स्वीडेन र पाचौँमा नेदरल्याण्ड पर्न सफल भएका छन् ।
दक्षिण एसियामा भारतपछि श्रीलंका ६८, बंगलादेश १०३, पाकिस्तान १०६, अफगानिस्तान १११ औँ स्थानमा रहेका छन् ।

asia-2
त्यसैगरी छिमेकी मुलुक चीन ८० औँ स्थानमा रहेको छ । नेपाल भारत र चीनभन्दा राम्रो कानुनि राज्य भएको देश बन्न सफल भएको हो । यो रिपोर्टले नेपालले लिएको कानुनी नीतिको बाटो निकै राम्रो देखिएको पुष्टी हुने जानकारहरु बताउँछन् ।