खेलकुद

नेतृत्वकालागी कर्माछिरिङ र नरेन्द्रबीच कडा प्रतिस्पर्धाकाबीच एन्फा अधिवेसन हुँदै

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । अखिल नेपाल फुटबलसँघका अध्यक्ष गणेश थापाको निलम्बनपछि सोमबार काठ्माण्डौमा अधिभेसन हुँदैछ । कार्की बैंक्वेट माईतीघरमा भईरहेको अधिवेसनमा अध्यक्षकालागी कर्माछिरिङ शेर्पा र नरेन्द्र श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने सर्बत्र खेलप्रमीहरुबाट आँकलन गरिएको छ ।

कर्माछिरिङ शेर्पा परिवर्तन समूहबाट उमे्द्वारी दिएको बताईएको छ भने नरेन्द्र श्रेष्ठ गणेश थापाको समर्थनमा अध्यक्षका प्रतिस्पर्धी भएका छन् ।

२० बर्ष एन्फाको एकछत्र नेतृत्व गरेका गणेश थापालाई एन्फाले प्रतिबन्ध लगाएपछि १४ महिनाका लागी पदपूर्ति गर्न अधिवेसन गरिएको जनाईएको छ ।

चुनाबी मैदानमा बरिष्ठ उपाध्यक्षमा मणि कुँवर, दीपक खाँती र उपेन्द्रमान सिँहकामे प्रतिश्पर्धा छ । युवा तथा खेलकुद मान्त्री दलजीत श्रीपाईलिले उद्घाटन गरेको उक्त ६८ जनाले भाग लिने निर्बाचनका लागी एक सय पचास भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको जनाईएको छ ।