प्रवास

प्रवासी नेपालीले गरे बुद्ध विहारलाई २३ लाख सहयोग

बागलुङ । रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध विहार’लाई प्रवासमा बस्ने नेपालीले तेइस लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

सत्चालिस मुलुकबाट सङ्कलित तेइस लाख ८० हजार एक सय २१ आइतबार विहारलाई हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि सोम सापकोटाले सो रकम बराबरको चेक विहारका अध्यक्ष शेरबहादुर घर्ती मगरलाई प्रदान गरेका थिए । रासस