खेलकुद

विश्व तेक्वान्दो महासंघका अध्यक्ष शुक्रबार काठमाण्डौ आउँदै

काठमाडौ । तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो पाँच दिने नेपाल भ्रमणमा शुक्रबार आउने भएका छन् ।
तेक्वान्दो महासंघका अध्यक्ष डा. चोको पाँच दिने नेपाल भ्रमण कात्तिक ९ गते रहनेछ । सो भ्रमणको दौरानमा उनले तेक्वान्दोका विभिन्न गतिविधिकाबारेमा अध्ययन गर्नेछन् । अध्यक्ष डा.चोले त्यसबिच भगवान गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनी र स्वंयम्भुनाथको दर्शन एवम् भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, डा.चोलाई नेपाल तेक्वान्दो सघंले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको सघंले जनाएको छ । त्यसैक्रममा उनले जिसिएस नामक गैर सरकारी संस्थाको बार्षिक साधारण सभाको अध्यक्षता समेत गर्नेछन् ।
डा. चोले नेपालमा रहेको बेला बरिष्ठ राजनीतिक ब्यक्तित्व र सरकारको उच्च ओहदाका पदाधिकारीहरूसंग शिष्टचार भेटघाट गर्ने कार्यक्रम रहेको सघंले जनाएको छ । त्यसैबीच एक कार्यक्रमको अवसर पारी हुने तेक्वान्दो खेलको प्रदर्शनीमा समेत उनले अवलोकन गर्ने सघं अध्यक्ष प्रकास सम्सेर राणाले बताए ।