पर्यटन/संस्कृति

खोटाङ मजुवा कालीका–भगवती सँरक्षण तथा बिकास समितिको सहयोगका लागी आह्वान

सुर्यखबर सँबाददाता, 

काठ्माण्डौ । खोटाङ मजुवा कालीका–भगवती सँरक्षण तथा बिकास समितिले गत आर्थिक बर्षमा नेपाल सरकारले प्रदान गरेको करिब पचास लाख रकमबाट पार्क निर्माण गर्ने, मन्दीरको परिसर फराकिलो बनाउने, वाल लगाउने, माटो हटाउने खानेपानीको योजना सँचालन गर्ने, मजुवागढीमा पुर्बाधारको थालनी गर्ने, मन्दीर परिसरमा गणेशको मन्दीर निर्माण गर्ने लगायतका कामको थालनी भएको र गुफा अगाडी ढंगा छाप्ने काम लगायत केहि कामहरु सम्पन्न भएको अवस्था छ ।

यस आवमा पनि उक्त थालनी भएका काम सम्पन्न गर्नेगरी नेपाल सरकारको तर्फबाट झण्डै पचास लाख रकम निकासा भईसकेको छ ।

उक्त रकमबाट थालनी भएको काम खानेपाथी बाहेक समपन्न हुने अपेक्षा गरिएको मजुवा कालीका–भगवती सँरक्षण तथा बिकास समितिका अध्यक्ष समेत रहेका पदम प्रसाद आचार्यले बताएका छन् ।

भक्तजन एबम् दानवीरबाट सहयोग लिई मजुवा कालीका–भगवती मन्दीर परिसर नजिक भजनगृह(धर्मसाला) निर्माण गरि सहयोग दाताको सहयोग रकम अनुसार २, ४ र ६ जनाको शिलापत्रमा नाम, थर ठेगाना र रकम समेत उल्लेख गरि राखिने हुँदा सहयो गर्नहुन दाताहरुलाई समितिले अनुरोध गरेको छ ।

साथै समितिले रावा बैंक बईनं. २९६२८ मा जम्मा गर्न समेत सकिने जनाएकोे छ ।

यस्तो पार्क बन्दैछ कालीका भगवतीको मन्दीर परिसरमा नै

park-plan