खेलकुद

फिफाले लगायो माकुडीलाई ५ वर्षे प्रतिबन्ध

एजेन्सी– थाइल्याण्डका फुटबल एसोसियसनका पूर्व अध्यक्ष वारावी माकुडी कारबाहीमा परेका छन् । माकुडीमाथि फिफाले पाँचवर्ष सम्म प्रतिबन्ध लगाएको हो । उनलाई ६ हजार २ सय पाउण्ड जरिवाना समेत सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

फिफाको यो निर्णयपछि अब माकुडीले पाँचवर्ष सम्म फुटबल सम्बन्धी कुनै पनि गतिविधि गर्न पाउने छैनन् । माकुडी फिफाका २२ अधिकारीहरुमध्ये एक हुन्, ती मध्ये १० जना भ्रष्टाचारको मुद्धामा मुछिएका छन् ।