पु.समाचार

पूर्बराजाले ज्ञानेन्द्र शाहले यसरी कमल थापालाई महत्व दिए

सुर्यखबर सम्बाददाता, 

काठमाडौँ । बिगतका बर्षमा जस्तै पुर्बराजा ज्ञानेन्द्र शाहले सबैसाधारण नेपाललीहरुलाई अपरान्ह ३ बजेपछि टीका लगाईदिएका छन् । राजनीतिज्ञहरु, सेनाका पुर्बबिशिष्ट ब्यक्तीत्वहरु, पुर्बमन्त्री, पूर्बप्रशासकको बाक्लो उपस्थीति रहेको पूर्बराजा निवास शीतलनिवासको उक्त टीका लगाईदिने कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टीका लगाएर टीकाको उद्घाटन गरिएको थियो ।
बिगतका दशैंमा कमल थापालाई लाइनमा नै राखेर टीका लगाईदिने गरिएपनि पुर्बराजा ज्ञानेन्द्रले यसबर्ष पुर्ब परराष्ट्र तथा शाहीकालीन गृहमन्त्री रहेका थापालाई बिशेष महत्वदिएर टीका लगाईदिएका थिए । शाहीकालमा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गृहमन्त्री भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा गणतन्त्रबादी सरकारका निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा शक्तीसाली उपप्रधान एबम् परराष्ट्र तथा स्थानीयबिकास मन्त्री थिए ।
प्रतयक्षबाट एक सीट समेत जीत हाँसिल गर्न नसकेका थापाले समानुपातीकबाट भने २५ सीट हाँसिल गरी ०७० सालको संबिधानसभाबाट प्रतिनिधित्व गर्ने दलहरुमध्ये चौथो दलको मान्यता समेत पाउन सफल भएका छन् ।
केहि समयअघि मात्र पशुपतीशम्सेरको राप्रपासँग एकता गर्नलागेका भनिएका थापाले आन्तरीक कलहका कारण उक्त निर्णयलाई कार्यान्वया गर्न सकेकनन् । टीका लगाउने क्रममा पुर्बराजा ज्ञानेन्द्र शाह र कमल थापाबीच केहिबेर गोप्य कुराकानी समेत भएको देखिएको थियो । गोप्य कुराकानी महत्वपूर्ण भएको थापाले ट्वीट गरेका छन् ।