पर्यटन/संस्कृति

एकादशीबाट काठ्माण्डौ सडकमा जाम !

सुर्यखबर सम्बाददाता,

काठमाडौं । सोह्रश्राद्धबाट नै बिजयादशमीको अवसरमा प्रभाबित भएको काठ्माण्डौ फुलपातीबाट ठप्प प्रायः नै भएको थियो । माओबादी १० बर्षे हिँसात्मक युद्धको समयबाहेक सर्बसाधारणहरु उपत्यका बाहिर गएका कारण रित्तिने काठ्माण्डौ यसपटकपनि झण्डै रित्तिएको थियो । तरु एकादशीबाट सवारी साधनको भीडभाड बढ्न थालेको चोक चोकमा देखिन थालेको छ । सवारीसाधनको भीडभाडसँगै मानिसहरुको चहलपहल पनि बढेको छ ।

सर्बसाधारणहरु रातो टीका तथा नयाँलुगा लगाएर टीका ग्रहण गर्न आफन्तजनकोमा जानेक्रममा ट पर्खनेहरुको पनि कमी देखिदैन राजधानीका बस स्टेसनहरुमा भने आफ्नो गक्ष अनुसार ट्याक्सी, मोटरसाईकल र कारमा सफरगर्नेहरुको पनि भीड बढ्न थालेको छ ।

सवारी साधन कम चलेकाकारण कतीपय सर्बसाधारणहरु पैदल भएपनि आ—आफ्नो गन्तब्यतिर लम्किरहेका देखिन्छन् । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ । उपत्यकामा विगत तीन दिनको तुलनामा आज बढी सवारी साधन चलेको छ ।

टीकापछि आज उपत्यकामा सवारीको चाँप बढेको र उपत्यकामा गम्भिर दुर्घटना नभएको ट्राफिक प्रहरी महासाखाले समेत बताएको छ । बिहीबारबाट झनै चाँप बढ्ने दाबी समेत ट्राफिक महासखाको छ ।