पु.समाचार

परम्परा अनुसार एकादशीमा कुमारीको हातबाट टीका

भक्तपुर।विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रुपमा पुजिँदै आएको कुमारीको हातबाट टीका ग्रहण गर्नेको घुइँचो लाग्यो।
कुमारी जिविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् ।
कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उहाँको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए।
सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किम्बदन्ती रहेको छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् ।
राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने र विजयादशमीको दिन टीका लगाइदिने गरेको विश्वासका साथ मानिसहरुको घुइँचो यहाँ लाग्ने गर्दछ । रासस