पर्यटन/संस्कृति

चिनिया राजदुत सहितको टोली कपिलवस्तु अबलोकनमा

कपिलवस्तु । चिनियाँ राजदूत ऊ चुन्थाई सहित चिनियाँ विशिष्ट व्यक्तिको एक टोलीले आज कपिलवस्तुका पुरातात्विक स्थलको अवलोकन गरेको छ। सो टोलीमा अल चाइना बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष झकाङ सहित सात जना सहभागी थिए। उनीहरुले बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्र, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अवलोकन गरेका छन्।

उनीहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले लुम्बिनी र प्राचीन कपिलवस्तुका बौद्धकालीनस्थलका बारेमा जानकारी गराएका थिए। उनीहरुले प्राचीन बौद्धकालीन स्थलको संरक्षण हुनुपर्नेबारे ध्यानाकर्षण गराएका थिए।। पछिल्ला वर्षमा चिनियाँ उच्च अधिकारीदेखि सर्वसाधारण चिनियाँ पर्यटकको भ्रमण लुम्बिनी र कपिलवस्तु क्षेत्रमा बढ्दै गएको छ। रासस