अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा आफ्ना नागरीकलाई पाकिस्तान भ्रमण नगर्न चेतावनी

इस्लामाबाद । अमेरिकाले आफ्ना नागरिकलाई अनावश्यकरुपमा पाकिस्तानको यात्रा नगर्न चेतावनी दिएको छ। पाकिस्तानमा आतंकी हिंसा बढिरहेको भन्दै अमेरिकाले आफ्नो यात्रा परामर्शमा नागरिकलाई अनावश्यक यात्रा नगर्न सुझाएको हो।

अन्तर्राष्ट्रिय समाचारमाध्यमकाअनुसार उक्त परामर्शमा विदेश मन्त्रालय अमेकिरी नागरिकलाई पाकिस्तानको अनावश्यक यात्रा नगर्न चेतावनी दिइएको छ भन्ने उल्लेख छ। पाकिस्तानमा विदेशी तथा घरेलु आतंकी समुह अमेरिकी नागरिकका लागि खतरा बन्दै गएको पनि उल्लेख छ।
अमेरिकी नागरिक भएकै कारण ज्यान गुमाएका घटनाहरु भएको पनि उल्लेख गर्दै अमेरिकाले आफ्ना नागरिकलाई दिने यात्रा परामर्शको पछिल्लो संस्करणमा यी कुरा बताएको हो।एजेन्सी