अन्तर्राष्ट्रिय

हाईटीमा आँधीका कारण ३ सयको मृत्यु, फ्लोरीडाबाट २० लाखलाई सुरक्षीत स्थानमा

काठमाडौं । हाईटीमा आँधीका कारण झण्डै ३ सयको मृत्युभईसकेको छ भने कयौं बिस्तापीत हुने क्रम जारी रहेको त्यहाँको सरकारी मीडीयाले बताएको छ ।

म्याथ्यु नामको आँधी हाइटी र क्यूबापछि यो आँधी अब अमेरिकाको फ्लोरिडातर्फ अघि बढेको बताईएको छ । हाईटीको जेरेमीमा झण्डै ८० प्रतिशत घरहरु ढलेर सहर नै सखाप भएको अन्तराष्ट्रिय मीडीयाहरुले बताएका छन् ।

haitee

राष्ट्रपती चुनाबको घोषणा भईसकेको हाईटीमा उक्त चुनाव पनि अनिस्चितकालका लागी सारिएको छ । म्याथ्यु आँधी आउने सँकेतपाएपछि अमेीकाको फ्लोरीडा राज्यका मानिसहरुलाई सुरक्षीत स्थानतिर सारिएको खबर ।