अन्तर्राष्ट्रिय

चीनले अपमान गरेको ओबामाको आरोप, अपमानपछि यस्तो देखिन्थ्यो उनको अनुहार ! (भिडियोसहित)

काठमाण्डौ । चीनमा सुरु भएको जी–ट्वान्टी मुलुकहरुको शिखर सम्मेलनमा जाने क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफुमाथि चीनको व्यवहारले कुटनीतिक अपमान भएको दाबी गरेका छन् ।

चीनको हाङजाउ विमानस्थलमा अमेरिकी अधिकारीहरुलाई राष्ट्रपति ओबामा चढेर पुगेको विमानसम्म जान रोक लगाएपछि यो घटनालाई उनले उक्त दोषारोपन गरेका हुन् ।

चीनले ओबामा एयरपोर्टमा झर्दै गर्दाको समाचार दृष्य खिच्नका लागि अमेरिकी पत्रकारहरुलाई समेत रोकेको थियो भने केही अमेरिकी अधिकारीहरुमाथि चिनियाँ सेनाले चेकजाँच समेत गरेको थियो । उक्त घटनापछि राष्ट्रपति ओबामाको अनुहार कस्तो देखिन्थ्यो । हेरौ उक्त दृष्य । भिडियोसहित ।