समाचार

नेपाल र भारतको सम्बन्ध रोटी बेटीको : मन्त्री केसी

ललितपुर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको जस्तो रहेको बताएका छन्।
स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालद्वारा आइतबार राजधानीमा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुक भारतसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

भारतसँगको नेपालको नाता सदियौंदेखि रहँदै आएकाले यसलाई अझ प्रगाढ पार्दै लैजानुपर्नेमा उनले जोड दिए।

लामो सङ्घर्षबाट प्राप्त भएको संविधानमा जनताका हक अधिकार सुनिश्चित भएको उनको भनाइ थियो । संविधान कार्यान्वयन सरकारको प्रमुख उद्देश्य रहेको उनले बताए।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजले नेपालीहरुको संस्कृतिलाई जोगाएर राखेको उनको भनाइ थियो । परम्परागतदेखि चल्दै आएको तीज पर्वलाई सबैले सम्मान गरिनुपर्नेमा उनको जोड थियो। रासस