खेलकुद

केहि महिनाभित्र नेपाल क्रिकेट सँघको प्रतिबन्ध फुकुवा हुने

सुर्यखबर सँबाददाता,

काठमाडौं । झण्डै चार महिना अगाडी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट सँघमाथी लगाएको प्रतिबन्ध हट्ने भएको छ । आइसीसीका सीइओ डेभिड रिचर्डसनले आइतबार काठ्माण्डौमा गरेको पत्रकार सम्मेलनमार्फत केहि महिनाभित्र प्रतिबन्ध हट्ने जनाएपछि उक्त कुराकोखुलासा भएको हो ।
क्रिकेटसँघ पुनराबलोकन गरी सल्लाहकार समिति गठन गरेर बिधान पुनरावलोकन गरिने छ ।
अमर शेखले नेतृत्व गरेको समिति गठन गरिनेछ। नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद सहितका ब्यक्त र सँस्थाहरु रहेको सल्लाहकार समित रहने जनाईएको छ । सललाहाकार समितिले क्यानको बिधानमा पुनरावलोकन गरी आईसीसीलाई सुझाब दिनेछ, रिचर्डसनले भने ।

खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड गठन गर्ने तयारी गरिरहेका बेला कारबाही फुकुवा हुन खोज्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।