आर्थिक

कतार एयरवेजको ट्राभल फेस्टिवल भोली समाप्त हुने

सुर्यखबर सँबाददाता ।

काठ्माण्डौ । कतार एयरवेजको सर्वाधिक लोकप्रिय ट्राभल फेस्टिभल पूणः आयोजना भएको छ । फेस्टिभल अन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने अवसर प्रदान गरी आकर्षक उपहारहरु जित्ने अवसर समेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
अगस्ट २९ देखि सेप्टम्बर ५, २०१६मा आयोजना शुरु भएको ट्राभल फेस्टिवल अन्तर्गत यात्रीहरुलाई विश्वकै केही सर्वाधिक लोकप्रिय “होलिडे” गन्तब्यमा रमाउने, कम्पानियन प्रमोशन अफर मार्फत १ टिकटको शुल्कमा २ जनालाई घुम्ने अवसर, ४० प्रतिशत सम्मको छुट, “बुक मोर एण्ड सेभ मोर” लगायत सुविधा १५ सेप्टेम्बर २०१६ देखि ३० जून २०१७ सम्मको यात्रामा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । फेस्टिवल अन्तर्गत होटलका लागि विशेष डिल तथा कार रेण्टल लगायतमा समेत छुटको ब्यवस्था गरिने समेत जानकारी दिइएको छ ।
कतार एयरवेज प्रिभ्लेज क्लब मेम्बरहरुले ट्राभल फेस्टिवलका दौरान बुकिङ्स गर्दा ट्रिपल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ ।

ट्राभल फेस्टिवल अन्तर्गत छुटका साथै आठ दिनको यो कार्यक्रमका दौरान यात्रीहरुले विशेष उपहारहरु समेत जित्न सक्ने बताइएको छ । फेस्टिबल अवधिभर ६ सय भन्दा बढीको सङ्ख्यामा उपहार बाँडिने छन् । उपहार अन्तर्गत कतार एयरवेज र वानवल्र्डको सहकार्यमा एक जोडीका लागि “एराउण्ड दि वल्र्ड” एयर ट्राभल टिकेट्स प्रदान गरिने छ । त्यसैगरी, कतार एयरवेजद्वारा प्रायोजित एफसी बार्सिलोना म्याचहरुका लागि एक जोडीका लागि टिकट जित्ने अवसरका साथै साइन्ड फुटबल जर्सीहरु समेत प्रदान गरिने छन् । यात्रीहरुलाई विश्वकै सर्वोत्कृष्ट बिजनेश क्लास सेवाको अनुभव लिने अवसरका लागि मानार्थ अपग्रेड्सपनि प्रदान गरिने जानकारी दिइएको छ । उपहार योजना अन्तर्गत एयरलाइन्सको ग्लोबल सञ्जाल भित्र निःशुल्क ईकोनोमी क्लास फ्लाइट, ५ ओटा कतार एयरवेज होलिडे प्याकेजेज्, कतार ड्यूटी फ्रिमा उपयोग गर्न सपिङ्ग भाउचर लगायतको ब्यवस्थापनि रहको छ ।
“यही बर्षको ज्यानुअरीमा पहिलो पटक आयोजना गरिएको कतार एयरवेज ट्राभल फेस्टिवलले उपभोक्ताहरुलाई उपलब्ध मध्यका सर्वोत्कृष्ट डिलको मज्जा लिने पृथक प्लेटफर्म उपलब्ध गराएको थियो । यस पटकको ट्राभल फेस्ट अवधिभर हाम्रा यात्रीहरुले अझ बढी आकर्षक प्याकेजेज् तथा ट्राभल डिल्स मध्यबाट आफू अनुकुल रोज्ने अवसर प्राप्त गर्नेछन् । यसले तिनलाई विश्व अवलोकन गर्ने अवसरका साथै विभिन्न आकर्षक उपहार समेत जित्ने अवसर प्राप्त हुनेछ । हामी उपभोक्तालाई सपना हेर्न मात्र नभइ सपनालाई साकार समेत पार्न प्रेरित गर्न चाहान्छौँ ”, कटार एयरवेजका प्रमुख कमर्शियल अफिसर डा. ह्यूग डनलिभीले भने ।
कतार एयरवेजले उडान भर्ने अमेरिका, मिडल ईष्ट, यूरोप र अफ्रिकाका साथै विश्वभरका १ सय ५० भन्दा बढी गनतब्यका ईकोनोमी र बिजनेश क्लास रिटर्न एयरफेर्समा ट्राभल फेस्टिवल अवधिभर अफर लागु हुनेछ ।
कतार एयरवेजले विश्वकै सर्वोत्कृष्ट १० एयरपोर्ट मध्येको एक दोहा स्थित हमाद अन्तरराष्ट्रिय विमानस्थल मार्फत बढ्दो क्रममा रहेको १ सय ५० भन्दा बढी गन्तब्यको सञ्जालमा उपभोक्ताहरुलाई उडान सेवा प्रदान गरिरहेको छ । साथै, यात्रीहरुले एयरलाईनको सञ्जालमा सन् २०१६ मा थपिएका लस एन्जल्स (यूएसए), रास अल खाइमा (यूएई), सिड्नी (अष्ट्रेलिया), बोस्टन (यूएसए), बर्मिङ्घम (यूके), यरेभान (अरमेनिया), एट्लान्टा (यूएसए), माराकेच (मोरोक्को) र पिसा (ईटाली) गनतब्यको यात्राको मज्जा समेत लिन सक्ने कतार एयरवेजले बताएको छ ।