समाचार

कैदीबन्दीलाई टेलिभिजन र कपडा

सिन्धुली । समाजसेवी उज्वलविक्रम थापाले जिल्ला कारागारमा रहेका महिला कैदीबन्दी सूचनाबाट वञ्चित भएकाले एक थान टेलिभिजन प्रदान गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका थापाले कैदीबन्दीलाई न्यूनतम मानवाधिकारबाट वञ्चित गराउन नमिल्ने बताए। यसैबीच थापाले तीजका उपलक्ष्यमा महिला कैदीबन्दीलाई साडी, पछ्यौरा र तौलिया एक÷एक थान वितरण गरे।
जिल्ला कारागारमा महिला कैदीबन्दी राख्न भौतिक संरचना नहुँदा नहुँदै पनि गोदाम कोठामा आठ महिला कैदीबन्दी बस्दै आइरहेका छन् । उनीहरुका लागि भौतिक संरचना नभएकाले गोदामका लागि निर्माण भएको कोठामा राखिएकाले कुनै पनि सेवा सुविधा पाउन नसकेको कारागार प्रमुख मातृकाप्रसाद पहाडीले बताए। रासस