प्रवास

जापानले गरेको सहयोगमा परराष्ट्र बिज्ञ थापाको भूमिका

काठमाडौँ, नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले नेपाललाई महत्वपूर्ण सहयोग उपलब्ध गराएका छन् ।

दुई देशबीच सम्बन्ध र सहयोग बढाउने सो भ्रमणमा परराष्ट्र बिज्ञ चिरञ्जीवी थापाको महत्त्वपूर्ण भूमिका रहेको जनाइएको छ ।

जापानी मन्त्रीले नेपालका राष्टपति, प्रधानमन्त्री, पराराष्टमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासहित केही महत्वपूर्ण ब्यावसायी र उधोगीलाई भेटेका थिए ।

भ्रमणका क्रममा जापान सरकारले १.८३२ बिलियन रकम नेपाल सरकारलाई अनुदान सहयोग गरेको छ । सो सहयोग उपलब्ध गराउनमा भ्रमणका विशेष सल्लाहकार र विदेश बिज्ञ थापाको योगदान रहेको जनाइएको छ ।