पु.समाचार

संविधान संशोधनमा एमालेको समेत साथ लिन आग्रह

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका सांसद नारायणप्रसाद साउदले संविधान संशोधनका विषय र बुँदाका बारेमा सदनमा छलफल गर्न माग गरे।

सभामुख ओनसरी घर्तीसँग समय लिई उनले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेपकपा एमालेलाई पनि साथ र सहयोग लिन आग्रह गर्दै उनले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलले जोड दिनुपर्ने बताए।
सोही पार्टीका दिलमान पाख्रिनले धादिङको उत्तरी क्षेत्र मार्पाकमा हालै भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाको परिवारले हालसम्म क्षतिपूर्ति नपाएको भन्दै सरकारको तर्फबाट उचित क्षतिपूर्ति प्रदान गर्न र भूकम्पपीडित जनतालाई अनुदानको रकम वितरण गर्ने काम छिटो गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।
नेकपा एमालेका पशुपति चौलागाइँले दोलखा जिल्लाको चरिकोटमा रहेको प्राथमिक उपचार केन्द्रमा भएको घटानलाई लिएर सरकारले जिल्लाबाट सबै चिकित्सक फिर्ता लिने काम गरेकोमा आपत्ति जनाउँदै शीघ्र सो उपचार केन्द्रमा चिकित्सक पठाउन माग गरे।
सोही पार्टीका रवीन्द्र अधिकारीले चाडवाड मान्न जान जाहनेले यातायातका साधन नपाइरहेको गुनासो गर्दै सरकारले सवारी साधनको प्रबन्ध मिलाउनुपर्ने बताए। उनले सरकारले सुपथ मूल्य पसल खोलेर कालाबजारीलाई प्रश्रय दिइराखेको आरोपसमेत लगाए।
नेकपा माओवादी केन्द्रका गणेशमान पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयलाई सुझाव दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विक्रम थापाले कालिमाटी–नागढुङ्गा सडक विस्तार गर्दा क्षति पुग्ने पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै क्षतिपूर्ति नदिई सडक निर्माण नगर्न सरकारको ध्यानाकर्षण गराए।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालले हालै गरको भारत भ्रमणका क्रममा भएका भेटघाटका विषयलाई धेरै नलम्ब्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसित आग्रह गरे।
सद्भावना पार्टीका नरसिंह चौधरीले सांसद विकास कोषको रकमले स्थानीय जनताको आर्थिक एवम् सामाजिक उन्नतिमा सकारात्मक प्रभाव पारेको धारणा राखे।
सङ्घीय समाजवादी फोरम नेपालका शिवचन्द्र चौधरीले सदनबाट औद्योगिक विधेयक पारित हुनु सकारात्मक पक्ष हो तर कार्यान्वयनमा आउँछ की आउँदैनरु भन्ने प्रश्न गरे।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले राजकीय सम्मानका साथ भारत भ्रमण गर्ने नेपालका प्रधानमन्त्रीहरु भारतबाट ठगिँदै आएको प्रसङ्ग उल्लेख गर्दै प्रम पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गरेको संयुक्त विज्ञप्ति आपत्तिजनक रहेको बताए।
तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादवले सरकार र मुस्लिम समुदायबीच भएको सहमति कार्यान्वयन गर्न, मुस्लिम आयोग तत्काल गठन गर्न सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले उपत्यकाका सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने समस्याले जनता मारमा परेको बताए।
नेपाली काँग्रेसका सीताराम भण्डारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को अध्यक्षको रुपमा रहेको नेपालले निर्धारित समयमा सार्क सम्मेलन सम्पन्न गर्न सदस्य देशसित पहल गर्नुपर्ने बताए। रासस