पु.समाचार

सरकारले दशैंभर अस्थायी रुट परमिट दियो

काठमाडौं । व्यवसायीकै दबाबमा सरकारले १५ देखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरेको छ ।जभाभावी परमिट दिँदा दुर्घटना बढ्ने ट्राफिक प्रहरीको चिन्ता छ ।

तर, दसैँमा सर्वसाधारणलाई मर्का पर्न नदिन परमिटको निर्णय भएको हो । परमिट दिँदा पनि व्यवसायीले क्षमताभन्दा बढी बोक्न पाउनुपर्ने भन्दै अप्ठेरो पारेको बताइएको छ ।

गत वर्षको तुलनामा अझै ४० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ । सडकको अवस्थासहितका कारणले यस वर्ष धेरै बस सञ्चालन गर्न नसकिएको र छिटै टिकट सकिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

माग पूरा भए फेरि टिकट खोल्न सकिने एक व्यवसायीको भनाइ छ । केही यातायात व्यवसायी समितिले भने सर्वसाधारणलाई टिकट नदिई ‘होल्ड’ समेत गरेका छन् भन्दै शुक्रबारको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।