विचार/ब्लग

दूरदर्शी नहुने हो भने चीनको कोमिन्ताङ्ग र नेपालको प्रज्ञापरिषदकै इतिहाँसमा काँग्रेसलाई भेटिन्छ

तारक प्रतिभा
मुलुकको सिंगो राजनीति र प्रजातान्त्रिक आन्दोलनको अग्रदस्ता नेपाली काँग्रेस आज किन दिँनानुदिन गतिहिन र मुर्झाउँदै गएको छ । यसको साँगठनिक पद्धती र आन्तरीक संरचनाहरु किन समयानुकल अगाढी बडन सकीरहेका छैनन्, काँग्रेस किन समय समयमा अध्यावधिक भईरहेको छैन र विधानत चल्न सकिरहेका छैनन, काँग्रेस जस्तो लोकतन्त्र, सामाजिक जागरणको जननी राजनीतिक शक्ति किन स्पष्ट विचार, दृष्टिकोण र नीति तथा कार्यक्रमहरु लिएर जनताको माँझमा जान सकिरहेको छैन गम्भिर आत्मा समिक्षा गरेर विपी कोईरालाले प्रतिपादन गरेका समाजवादी नीति तथा कार्यक्रमलाई समयानुकुल र युगानुकल बनाउँदै जान सकदैन, किन काँग्रेस गँजडीहरुको भिडमात्र बन्न पुगेको छ ?

के काँग्रेसमा बौद्धिक, पढालेखा र विद्यावारीधिहरुको संख्या नै नभएर हो या कम्युनिष्टहरुकले आरोपित गर्ने गरेको जस्तो काँग्रेसको रगत, बंश र नँश्ल नै खराब भएर काँग्रेस जनआकांक्षा र जनअपेक्षा अँनुरुपका कार्यक्रम र एजेण्डाहरुका साथ अगाढी बढन नसको हो ?

यी र यस्ता थुप्रै अनुत्तरित प्रश्नहरुको थुप्रोको बीचबाट काँग्रेसले आफुलाई मुक्त गर्दै कम्युनिष्टहरुले विगतमा देखावटी मात्र आत्मिक रुपमा जनताको मन चोर्नका निम्ति ल्याएका त्यस्ता केही क्षणिक कार्यक्रमहरुलाई माथ गर्ने गरी अगाढी बढ्ने र सुदुर भविश्य र दिर्घकालीन रुपमा प्रभाव छोडन सक्ने जनताको दैनिक जनजिविका र दैनिकीमा वास्तविक रुपमा परीवर्तन ल्याँउन सक्ने गरी जनताको मन मष्तिश्कमा जाँने हिम्मत गर्ने की हाई काडने, जी हजरी गर्ने, चाकडी, चाप्लुसी र तिकडमको खेलमा लिप्त हुँनेहरुकै भीड मात्र बनाउँने भन्ने चुनौती नँया काँग्रेसका सामु सतिशाल झै खडा भएको छ ।

स्थापनाकाललाई मात्र आधार माँन्ने हो भनेपनि नेपाली काँग्रेसको अवस्था उमेरले बाटोे काट्दै गरेका बृद्ध बा आमाहरुकै हाराहारीमा छ र नेपाली काँग्रेसको केन्द्र देखी जिल्ला र स्थानीय नेतृत्व पनि यस्तै बुढ्यौलीमा भएको यथार्थ हो तर तत्कालीन अवस्थामा वीपी, किसुनजी, सुर्वणसमसेर, गणेशमान, सुर्य प्रसाद, गिरिजाबाबु र श्रीभद्र शर्माको युवाअवस्था र तत्कालीन परीवर्तन र जोस जाँगरबाटै सञ्चालित छ ।

यसो भनिरँहदा अग्रजहरुको मुल्य मान्यताप्रतिको निष्ठा, त्याग र बलिदानीपुर्ण गौरवमय ईतिहाँसको सत्यलाई तोडमरोड गर्न खाजेको हैन तर कटु यतार्थ के हो भने आजभन्दा करीब ६९ बर्ष अगाढीको सोचाई, चिन्तन, व्यबहार, प्रवृति र योजनाका साथ नाँती काँग्रेसलाई सञ्चालन गर्नु खोज्नु चै मुलुक दुर्भाग्य हो । र यो जनताको त के कुरा स्वयं नेपाली काँग्रेसकै आन्तरीक जीवनमै घातक सिद्ध भईरहेको कुरा विभिन्न सन्र्दभ र घटनाक्रमहरुले प्रमाणित गरीसकेको यतार्थलाई पनि नकार्न सकिदैन ।

जतिवेला मानिसका राजनैतिक, सामाजीक र शैक्षिक अधिकारहरु हनन् भएको अवस्था थियो, एकतन्त्रिय परीवारबादले मुलुक सखाप पार्दे थियो, जनताका आवाज बोल्ने राजनैतिक शक्तिहरु प्रतिबन्धित अवस्थामा थिए त्यही कालरात्रीको बीचबाट जनअधिकार र नागरीक स्वतन्त्रताको चर्को आन्दोलनबाट नेपाली काँग्रेस यो देशमा उदय भएको थिया । त्यतिवेला पलाएको काँग्रेसको रुख अरु विरुवाहरु नरोपेर, नर्सरीमा बनमाराले राज गर्दा सम्म, डढेलोले आफै उम्रेका पल्लवित मुनाहरु सखाप पार्दा र भए गरेका बाँकी रुख विरुवाको समेत गोडमेल र आवश्यक हेरचाह नगरी जुन नयाँ र सग्लो रुखको छहारीको आशा गर्ने जस्तो दुस्शाहस वर्तमान नेतृत्व र केही थान विद्यावारिधि र समाजवादका पण्डितहरुले लगाएका छन् ।

जुन दिनसम्म गर्छन् त्यही दिनसम्म जनताले ओकतन्त्र प्रति जगाएको अगाथ आस्था, श्रद्धा र विश्वासको गमलामा काँग्रेस रहन त सक्ला तर कम्युनिष्टहरुको बढ्दो बोलावाला र निरन्तरको काँग्रेस र लोकतन्त्रमाथीको प्रहारले थिल्थिलो बनेको काँग्रेस साँच्चिकै केही लोभी पापीहरुको पञ्जाबाट मुक्त हुँन सकेन, हामीहरुले निकाल्न सकेनौ ।

आँट र साहस नै गरेनौ भने समय समयमा हुँनुपर्ने भातृ तथा शुभेच्छुक संघ संगठनका नियमित अधिवेशन, सभा सम्मेलन, प्रशिक्षण र बिचारमुलक कार्यक्रमका साथ नँया विरुवा उर्माने र गोडमेल गर्ने काम गरेनौ भने विपी, गणेशमान, किसुनजी, गिरिजाबाबु र शुशीस कोईरालाको ब्याजमा केही दिन त अवश्य काँग्रेस भेटिने छ अन्याथा नेपालको राजनैतिक र सामाजिक आन्दोलनको मियो नेपाली काँग्रेस कुनै समयको चीनको कोमिन्ताङ्ग र नेपालको प्रज्ञापरिषदकै ईतिहाँसमा दर्ज हुन बेर लाग्ने छैन ।

तसर्थ नेपाली काँग्रेसलाई मुलुक र जनताको वास्तविक सच्चा पहरेदार र जनआवाजको सारथीको रुपमा जनताको मन मन्दिरमा सजाएर राख्ने हो भने काँग्रेसमा मौलाउँदै गएको परीवारबाद, नाँतावाद, गुटवाद, चाकडी, चाप्लुसी र परीक्रमा गर्ने र फलस्वरुप पद,प्रतिष्ठा र अवसरको मण्डलीमा लिप्त हुँनेहरुको प्रबृतिबाट जोगाउँदै वर्तमान संग विचार, दृष्टिकोन, कार्यक्रम र दुरगामी योजनाका साथ काँग्रेसलाई अगाढी बढाउने सामथ्र्य राख्नेहरुलाई स्थान दिने र राजनीतिमा मौलाउँदै गएको अपराधिकरण र अपराधको राजनीतिकरणलाई पुर्ण रुपमा अन्त्य गरी राजनैतिक सुझबुझ र राजनीतिलाई समाज र जनताको सेवासंग जोडदै अगाढी बढ्ने हिम्मत गर्ने हो भने नेपालको ६५ बर्षको कम्युनिष्ट पार्टीको ईतिहाँसमा आजका मितिसम्म गठन भएका ६४ ओटै कम्युनिष्ठ घटकहरु एकै थलोमा जम्मा भएपनि काँग्रेस एक्लै मैदानमा जाँने हिम्मत राख्दछ । र यसमै मुलुक जनता अनि सिंगो काँग्रेसको भविश्य निहित छ ।

(लेखक नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् ।)