प्रवास

युएईमा पनि मनाइयो संविधान दिवस

काठमाण्डौ । नेपालको नयाँ संविधान १ वर्ष पुगेको अवसरमा संयुक्त अरब इमिरेट्समा पनि संविधान दिवस मनाइएको छ । नेपाली दूतावास आबुधावीको आयोजनामा सम्पन्न सो कार्यक्रममा विभन्नि देशका कुटनीतिक प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ । संसारभरका ३६ देशका कुटनीतिक नियोग प्रमुख तथा प्रतिनिधिहरुलाई राजदूतावासले विषेश कार्यक्रमका बीच स्वागत गरेको थियो ।

कार्यक्रममा विशेष स्वागत मन्तव्य दिँदै युएईका लागि कार्यबाहक नेपाली राजदूत नेत्रबहादुर टन्डनले युएई तथा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपाली दुतावासका श्रम काउन्सिलर भेष बहादुर कार्की, श्रम सहचारी हिरा कुमारी यादव, द्वितिय सचिव बिष्णु अधिकारि, सहचारी केशवराज पोखरेल, संगीता न्यौपाने, तृतीय सचिव पदमराज बोगटी,तथा दूतावासका स्थानीय कर्मचारी लगायतले उपस्थित अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई स्वागत गरेका थिए ।