आर्थिक

दोश्रो संविधानसभा निर्वाचनपछि नेपालमा बढ्यो ह्वात्तै मूल्यबृद्धि

काठमाडौं । मुलुकमा राजनीतिक अस्थिरता बढेका बेला मूल्यबृद्धि उच्च दरमा देखिएको छ । दोस्रो संविधानसभा निर्वाचनपछि मूल्य वृद्धिमा उच्च चाप परेको छ । नेपालमा राजनीतिक अस्थिरता अझ बढी देखिएको समयमा त्यसको प्रत्यक्ष असर मूल्य वृद्धिमा परेको हो ।

सन् २०१३ पछि तीव्र असर देखिन थालेको हो । २०१३ अघिसम्म नेपालमा भन्दा भारतमा उच्च मूल्यवृद्धिदर थियो ।

आ.व. ०७२/७३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फ्रीति नेपालमा ९.९ प्रतिशत रहेकोमा त्यही अवधिमा भारतमा भने ५.३ प्रतिशत थियो गत वर्ष दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फ्रिति अन्तर ४.६ प्रतिशत रहेको छ भन्दै बिहीबारको कारोबारमा समाचार प्रकाशित छ ।