राजनीति

तीन करोड नेपालीहरु बीचमा ओझेल परेको गगन थापाको एउटा महत्वपूर्ण कदम !

काठमाण्डौ । नेपाली कांग्रेसको तर्फबाट स्वास्थ्यमन्त्रीको प्रतिनिधित्व गरिरहेका भएको युवा नेता गगन थापा आफैमा लोकप्रिय युवा नेता हुन् । उनको सरकारमा सहभागितासँगै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि के गर्न सक्छन् त्यो अहिल्यै समीक्षाको पाटो बनिसकेको छ्रैन ।

तर उनले सरकारमा सहभागिता जनाएको करिब डेढ महिनामा भने त्यो क्षेत्रलाई थोरै समयमै केही गरेर देखाउन सकिन्छ भन्ने प्रतिबद्धतासाथ काम गर्ने प्रतिबद्धता भने जनाएका छन् ।

यो थापाको एउटा पाटो हो तर पछिल्ला दिन थापासँग जोडिएको अर्को महत्वपूर्ण तर सामान्य देखिने आफ्नो व्यक्तिगत आंकाक्षा र राज्यसँग जोडिएको पाटोतर्फ भने अहिलेसम्म कसैले धयान दिएको देखिदैन ।

त्यो के हो भने युवा नेता गगन थापा यसबेला मन्त्री क्वार्टर पुल्चोक बस्दैनन् । सरकारमा जानासाथ अन्य मन्त्रीहरु जसरी उनले मन्त्री क्वार्टर जाने कुनै महत्वाकांक्षा नै देखाएनन् । उनी निकट श्रोतका अनुसार आफ्नो व्यवहारिक र व्यक्तिगत महत्वांक्षाबाट समेत टाढा राखेर उनी अहिले रातोपुलस्थित आफ्नै घरमा बसेर स्वास्थ्य मन्त्रालय र राज्यका विभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् ।

gagan-thapa

मन्त्री थापाको यो कदम सराहनी रहेको धेरैको प्रतिक्रिया छ । यो कदमले यसअघि पुल्चोकस्थित मन्त्री क्वार्टर नपाएर रुवाबासी गर्ने मन्त्रीहरुलाई गगनले दरो झापड हानेका छन् ।

उनले आफु मन्त्री भएर काठमाण्डुको रातोपुलस्थित आफ्नै घरमा राष्ट्रिय झण्डाको झण्डोतलन समेत गरेका थिए । र त्योसँगै उनले एउटा राष्ट्र र जनताको नाममा एक मर्मस्पर्शी स्टाटस् समेत लेखेका थिए । युवा नेता थापाले आफ्नै घरमा झण्डोत्तलन गरेपछि आफ्नो नीजि फेसबुक अकाउन्टमा यस्तो फेसबुक स्टाटस् लेखेका थिए:
‘नेपालमा देखिने गरी परिवर्तन गर्ने मेरो इक्षा होइन मेरो हठ हो ! र यसलाई पुरा गर्ने प्रतिबद्धता नेपालको झण्डा मुनि हात जोडेर करोडौं नेपाली जनलाई मनमा राखेर पुनः दोहोर्याएको छु  ।

आफ्नो मातृभूमिको यहि झण्डाको रक्षार्थ जनाआन्दोलनमा होमिएदेखि आजको दिन सम्म आइपुग्दा धेरै आरोह अवरोह पार गरेँ । लाखौ नेपालीको आस्था र विश्वास प्रतिनिधि यहि झण्डालाई आफ्नो घरमा फहराउदै गर्दा थप जिम्मेवारी बोध गरको छु र थप उर्जा प्राप्त गरेको छु ।  हाम्रो सम्बृद्ध नेपालको साझा सपनाको लागि निरन्तर प्रयास गर्ने ।
उल्लेखित प्रसंगलाई आत्मसात गर्दै मन्त्री थापाबाट आगामी पुस्ताको नेतृत्व र नयाँ पीँढिले समेत उनको मार्गदर्शनलाई पछ्याउँदा राम्रो हुने बहसहरु उठान हुन थालेका छन् ।