पु.समाचार

काठमाण्डौ उपत्यकाका ४ वटा विद्यालयमा बम भेटियो !(अपडेट)

काठमाण्डौ । ललितपुरको रेडियन्ट स्कुलमा प्रेसर कुकर बम भेटिएसँगै काठमाण्डौ अन्य ३ वटा स्कुलहरुमा समेत शंकास्पद वस्तुहहरु भेटिएको छ ।

काठमाण्डौका डल्लुस्थित पञ्चकन्या स्कुल, बौद्धस्थित राई स्कुल र दक्षिणढोकामा अवस्थित मनकामना स्कुलमा बम रहेको आशंका गरिएको छ ।

शंकास्पद वस्तु देखिएका ती स्कुलमा प्रहरीको डिस्पोजल टोली पुगिसकेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु राखिएका ती स्थानमा अखिल नेपाल राष्ट्रिय स्वततन्त्र विद्यार्थी केन्द्रका पर्चा भेटिएको जनाइएको छ ।