खेलकुद

माइकल क्लार्कको निमन्त्रणामा क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलिया लागे

काठमाण्डौ । अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको क्लबको निमन्त्रणामा क्रिकेटर सन्दिप लामिछाने आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बर २६ तारिखबाट सुरु हुने ५ दिने क्याम्पमा सहभागी हुन सो क्लबले निमन्त्रणा गरेपछि क्रिकेटर लामिछाने अष्ट्रेलिया गएका हुन् ।

क्रिकेटर लामिछानेलाई करिब डेढ हप्ताअघि सो क्लबले औपचारिक पत्र पठाएको थियो । सन् २०१६ र १७ को सिजनमा वेस्टर्न सुबर्बको माइकल्स प्रिमियर ग्रेड क्रिकेट क्लबबाट खेल्न र सो प्रशिक्षणमा सहभागी हुन क्रिकेटर लामिछानेका लागि पत्र आएको थियो ।

केही महिनाअघि हङकङमा भएको ट्वेन्टी–ट्वेन्टी प्रतियोगितामा सन्दिपको खेल देखेर क्लार्क प्रभावित भएपछि उनको लागि यो अवसर जुटेको थियो ।