खेलकुद

बार्सिलोनाको शानदार जित

एजेन्सी–शनिबार राती भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको जित भएको छ । खेलमा नयाँ क्लब लेगानेसलाई ५–१ ले हराउँदै बार्सिलोनाले शानदार जित हाँसिल गरेको हो ।

बार्सिलोनको जितका लागि सबैभन्दा बढी लियोनल मेस्सीले योगदान गरे । उनले जितका लागि २ गोल गरे । त्यस्तै नेइमार, लुइस स्वारेज र राफिन्हाले पनि योगदान गरे । उनीहरुले जितका लागि १–१ गोल गरेका थिए ।

खेलको १५ मिनेटमै मेस्सीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस लगत्तै ३१ ऋौं मिनेटमा स्वारेजले अग्रता दिलाउन सफल भए भने ४४ मिनेटमा नेइमारले गोल गरेपछि पहिलो हाफमै बार्सिलोनाले ३–० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्योm भने लेगानेसले एक गोल फर्काउन सफल भएको थियो । ५५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले व्यक्तिगत रुपमा दोश्रो गोल गर्न सफल भएका थिए । लगत्तै ६४ औं मनिेटमा राफिन्हाले गरेको गोलपछि बार्सिलोनको अग्रता ५–० मा पुगेको थियो ।