आर्थिक

सनराईज बैंकले ३३.३३% बोनश शेयर दिने

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । सन्राइज बैंकको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई साविकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात् ३३।३३ प्रतिशत (शेयरधनीले धारण गरेको प्रत्येक ३ कित्ता शेयरमा १ कित्ता शेयर) का दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
साथै बैँले आयकर ऐनको दफा ४७ क अनुसार मर्जर तथा प्राप्ती गर्ने वित्तीय संस्थाहरुको हकमा दुईवर्ष सम्म लाभांश बितरणमा लाभांश कर नलाग्ने व्यवस्था रहेको र गत आर्थिक वर्ष बैंकले नारायणी नेशनल फाइनान्स लाई प्राप्त गरेकोले उक्त व्यवस्था अनुसार शेयरधनीहरुको प्राप्ति अघि सम्म कायम शेयरमा लाभांश कर नलाग्ने र सो पश्चात् प्राप्त गरेको शेयरको हकमा लाग्ने लाभांश कर सम्बन्धित शेयरधनीहरु स्वयंले ब्यहोर्ने गरि त्यस्तो कर रकम वोनस शेयर वितरण गर्ने वखत असुल गर्ने प्रस्ताव पारित पनि गरेको छ ।
उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी ९ औं वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने बैंकले जनाएको छ ।