खेलकुद

रियल मर्डिडले हरायो स्पोर्टिङ लिस्बोनलाई

एजेन्सी– बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा रियल मर्डिडले स्पोर्टिङ लिस्बोनलाई हराएको छ । रियल मर्डिडले लिस्बोनलाई २–१ गोल अन्तरले हराएको हो ।  खेल सकिन अन्तिम २ मिनेटमा गोल गर्दै साविकको विजेता रियल मर्डिडले सुखद सुरुवात गरेको छ । यो जितमा रियल मर्डिडका अल्बारो मोराटाको ठूलो भूमिका रह्यो । उनले लिस्बनसँगको खेलमा १–१ बराबरीमा चलिरहेको खेल सकिन २ मिनेट बाँकी रहँदै उनले गोल गर्न सफल भए ।
केहीबेर अघिसम्म लिस्बनका ब्रुनो सेसरले ४७ मिनेटमा गोल गर्दै लिस्बनलाई अग्रता दिलाइरहेका थिए ।

रियल मड्रिडका स्रा ।इकर क्रिस्टियानो रोनाल्डोको समेत महत्वपूर्ण भूमिका रह्यो । उनले २५ यार्ड टाढाबाट फ्रि किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए । सञ्चामाध्यामहका अनुसार च्याम्पियनस लिगमा रोनाल्डोको यो ९४ औं गोल भएको बताइन्छ ।