पु.समाचार

शान्ति मिसनका लागि उडेको नेपाली सेनाको जहाज काठमाण्डौ फिर्ता !

काठमाडौं । दक्षिण सुडान सरकारले प्राविधिक विषय अपूग भएको भन्दै नेपाली शान्ति सैनिकलाई नेपालनै फिर्ता पठाइदिएको छ । सुडान सरकारले राहदानी नबोकी खार्तुन विमानस्थल पुगेका २ सय ३२ नेपाली शान्ति सैनिकलाई काठमाडौंमै फिर्ता गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुडानको राजधानी खार्तुन पुगेका नेपाली शान्ति सैनिकलाई राहदानी नभएपछि त्यहाँको अध्यागमन विभागले विमानस्थलबाटै नेपाल फर्काएको थियो ।

‘राहदानी बिना प्रवेश सम्भव छैन, दक्षिण सुडान अध्यागमनका अधिकारीको भनाइ उदृत गर्दै सैनिक उच्च अधिकारी भनाइ उदृत गर्दै सैनिक स्रोतले भन्यो , त्यसपछि काठमाडौं फिर्ता हुनुको विकल्प थिएन ।’

फिर्ता हुनुअघि सुडानस्थितमिसन हेडक्वार्टरसँग समेत समन्वय भएको थियो । तर अध्यागमनका अधिकारीले बिना राहदानी कसैलाई पनि प्रवेश दिन नसकिनेमा अडिग भएको स्रोतले बतायो ।

शान्ति मिसनका लागि उडेको जहाज सम्बन्धित मुलुकको अध्यागमनले फिर्ता गरेको यो पहिलो पटक हो भन्दै बिहीबारको काराबोरमा समाचार प्रकाशित छ ।