पु.समाचार

तरुण दलको अधिवेसन डेढ महिना सर्यो

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । नेपाली काँग्रेसको भातृसँगठन नेपाल तरुण दलको अधिभेसन सरेको छ । बुधबार साँझ रक्षामन्त्री समेत रहेका बालकृष्ण खाँडको नेतृत्वमा बसेको तरुण दल अधिभेसन निर्देशन समितिको बैठकले उक्त असोज ३, ४ र ५ गते पोखरामा हुने भनिएको चौथो अधिभेसन सारेको हो ।  कहिले र कहाँ गर्ने भन्ने बिहीबारको बैठकले टुंगो लगाउने भनिएपनि छठपछिलाई सार्ने सम्भाबना रहेको बताईएको छ ।
पार्टीको महाधिवेसन सम्पन्न हुने बित्तिकै नेबिसँघ र लगत्तै तरुण दलको अधिवेसन गर्दा गाह्रो हुने भएकोले अधिवेसन सरेको नेताहरुको दाबी छ । सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल ग्रुपको बिबादका कारण अझै दर्जन भन्दा बढी जील्लामा तरुण दलको अधिवेसन सम्पन्न हुन बाँकी रहेका कारण सरेको समेत बताईन्छ ।