खेलकुद

फ्रेन्च कप चलिरहँदा खेल मैदानमै फुटबल खेलाडीको मृत्यु

एजेन्सी– फ्रान्समा भएको फ्रेन्च कप अन्तर्गत भएको खेलको क्रममा एक फुटबल खेलाडीको मृत्यु भएको छ । फ्रान्सको छैटौ डिभिजन क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको निधन भएको सञ्चारमाध्यामहरुले जनाएका छन ।

उनलाई खेल मैदानमै ह्दयघात भएको बताइएको छ । फ्रेन्च कपको तेश्रो चरण अन्तर्गत फुरिएनीसँगको खेलको दोस्रो हाफको क्रममा उनलाई एक्कासि ह«दयघात भएको थियो ।

मैदानमै लडेका उनलाई त्यहाँ रहेको मेडिकल टिमले उपचार गरेपनि बचाउन भने सकेन । बुर्किना फासोको राष्ट्रिय टिमका पूर्व खेलाडी ३४ वर्षका बेनले राष्ट्रिय टिमबाट चार खेल खेलेका छन् ।