समाचार

बकर इद धुमधामका साथ मनाइँदै

काठमाण्डौ । मंगलबार मुस्लिम धर्मावलम्बीहरुले बकर इद धुमधामका साथ मनाउँदै छन् । यो पर्व मुस्लिम समुदायको दोश्रो ठूलो पर्व समेत हो । उनीहरुले यो पर्व सामुहिक रुपमा भेला भई चौपायालाई बलि दिएर मनाउने गर्दछन् ।

मंगलबार बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि दिने प्रचलन छ ।
बलि दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।
मुस्लिम समुदायको बकर इदका अवसरमा मंगलबार नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।