खेलकुद

युएस ओपन च्याम्पिनयनको उपाधि वावरिन्कालाई

एजेन्सी– स्वीट्जरल्यान्डका स्टानिसलास वावरिन्काले युएस ओपन टेनिसको उपाधि जित्न सफल भएका छन् । सोमबार बिहान भएको फाइनल खेलमा उनले सो उपाधि जितेका हुन् ।

सो फाइनल खेलमा विश्व नम्बर वान सर्बियाका नोभाक जोकोविचलाई हराएर उनले सो उपाधि चुमेका थिए । वावरिन्का त्यसबेला तेश्रो बरियताक्रममा रहेका थिए ।

यो सँगै तीन वटा ग्रान्डसलाम उपाधि जितेका उनले जोकोविचलाई ६–७, ६–४,७–५ र ६–३ को सेटमा हराउन सफल भएका थिए । यसअघि उनले अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए ।