शिक्षा

सामुदायीक क्याम्पसमा लगानी बढाउनुपर्ने राष्ट्रपती भण्डारीको सुझाब

सुर्यखबर सँबाददाता,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्तरबाट स्थापित सामुदायिक क्याम्पसहरुले भोगिरहेका अप्ठ्यारा र चुनौतीको सामानका लागि सरकारले लगानी बढाउनु पर्ने बताएकी छन् ।

काठमाडौंको बानेश्वर बहुमुखी क्याम्पसको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपती भण्डारीले सामुदायिक भावनाबाट प्रेरित यस्ता क्याम्पसहरुको समयानुकल बनाउनुपर्ने बताएकी छिन् । भण्डाीले न्युन शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइरहेको भन्दै सामुदायिक क्याम्पसहरुको प्रशंसा समेत गरिन ।
पुर्ब उपप्रधानमन्त्री समेत रहेका उक्त क्षत्रका साँसद समेत रहेका काँग्रस नेता प्रकासमान सिँहले बानेस्वर क्याम्पसले शिक्षा क्षेत्रको लागी महत्वपूर्ण काम गरेको बताएका छन् ।

त्यसैगरी शिक्षामन्त्री धनीराम पौडेलले सामुदायिक क्याम्पसलाई सरकारले आफ्नै मातहतमा चलाउने गरी आंगिक क्याम्पस बनाउने नीति अख्तियार गरेको बताएइका छन् । समुदायमा आधारित क्याम्पसलाई उचित प्रबर्द्धनको योजना सरकारले अगाडि बढाउने छ, मन्त्री पौडेलले भने । पौडेलले थोरै शुल्क लिएर विद्यार्थीहरुलाई विश्वविद्यालय शिक्षा प्रदान गरेको भन्दै क्याम्पसको सराहना समेत गरेका छन । मन्त्री पौडेलले राष्ट्रिय शिक्षा आयोगको आवश्यकता रहेकाले मन्त्रालयले सो आयोगको गठन प्रकृया अगाडि बढाएको जानकारी समेत उक्त कार्यक्रममा गाएका छन् ।

बानेश्वर क्याम्पसका प्रमुख घमानसिंह खड्काले क्याम्पसले भूकम्प प्रभावित तथा दुर्गम क्षेत्रका न्युन शुल्कमा अध्यापन गराइ शिक्षा क्षेत्रमा योग्य जनशक्ति उत्पादनमा सहयोग गरिरहेको उल्लेख गरे ।

रजत जयन्तीका अवसरमा भएको सप्ताहव्यापी कार्यक्रममा हाजिरी जवाफ, कविता, खेलकुद प्रतियोगिताका साथै पूर्व विद्यार्थी मिलन कार्यक्रम समेत सञ्चालन गरिएको छ । क्याम्पसले प्राध्यापक, कर्मचारी, उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मानित समेत गरेको छ । सो अवसरमा क्याम्पस हाताभित्र रजतजयन्ती स्तम्भको शिला हस्तान्तरण र स्मारिका रजहाँसको विमोचन समेत गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट २०४७ सालमा सम्बन्धन प्राप्त गरी स्थापना भएको बानेश्वर क्याम्पसमा हाल लगभग २ हजार विद्यार्थी अध्ययनरत छन् । विहान, दिउँसो र रात्रि समूहमा कक्षा सञ्चालन गरिरहेको क्याम्पसले प्लस टू तहदेखि समाजशास्त्रमा स्नातकोत्तरसम्को कार्यक्रम सञ्चाल गरेको छ । रजत जयन्तीका अवसरमा विद्यार्थी छात्रवृत्ति कोषको स्थापना समेत गरिएको क्याम्पसले जनाएको छ ।