पु.समाचार

मन्त्रिपरिषद बैठकमा गगन थापाले प्रचण्डको प्रस्ताव सिधै अस्वीकार गरे

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले अर्को लोकप्रिय र महत्वाकांक्षीका कदम उठाएका छन् । मन्त्री थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा.तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोक्नका लागि प्रस्ताव गर्दै सो कदम उठाएका हुन् ।

भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा. गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले डा.गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका थिए ।

मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दर्जा दिन सक्दैन ? डा.गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ? थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीलाई उदृत गर्दै शनिबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।