खेलकुद

नेपाली क्रिकेटका पूर्व प्रशिक्षक दासानायकेले पाए अमेरिकामा नयाँ जिम्मेवारी

काठमाण्डौ । नेपाली क्रिकेटका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले अमेरिकी खेल जगतमा नयाँ अवसर पाएका छन् । उनले अमेरिकी क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

नेपालमा सन् २०११ देखि २०१५ सम्म क्रिकेटका प्रशिक्षक भएर आफ्नो महत्वपूर्ण जिम्मेवारी सम्हालेका दासानायके श्रीलंकाका पूर्व विकेट किपर ब्याट्सम्यान समेत हुन् ।

उनी बिहीबार अमेरिकन क्रिकेट टिममा प्रशिक्षकमा नियुक्त भएको आइसीसी अमेरिकाले जानकारी दिएको छ ।

दासानायके नेपालकै प्रशिक्षक रहँदा नेपाल विश्व क्रिकेट लिग डिभिजन ४ बाट वल्ड क्रिकेट लिग च्याम्पियनसिप साथै सन् २०१४ को टि ट्वेन्टी विश्व कप सम्म पुगेको हो । दासानायके नै प्रशिक्षक रहँदा क्यानडा सन् २०११ को विश्व कपमा पुगेको थियो ।